प्रिन्सिपल सर्राफकाे हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउपछि खुल्यो रहस्य

काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख ए…

प्रिन्सिपल सर्राफकाे हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउपछि खुल्यो रहस्य
काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । ‘ हाल पक्राउ परेका आरोपीहरूको बयान अनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो,’ एसपी काफ्लेले भने,‘ यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको देखिन्छ ।’ उनका अनुसार सर्राफको दोस्रो प्रयासमा मात्रै हत्या भएको अनुसन्धानबाट खुलेको छ । यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो । तर, उनी उम्कन सफल भएका थिए । सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ । बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिँदैछ ।