काठमाडौंको बानेश्वरमा रहेको हिमालय बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्र गौतम ८१ लाखको फर्जी चेक दिएर सम्पर्कबिहीन भएका छन् । पुनमदेविको नाममा सानिमा बैंकको खाताबाट साटिने गरी ८१ लाख रुपैयाँको फर्जी चेक दिएर गौतम सम्पर्कबिहीन भएका हुन् ।
'ऋण भनेर ८१ लाख रुपैयाँ नगद लगेपछि मैले चेक लिएको थिए,' यादवले भनिन्- 'करिब साढे १ वर्षदेखि सहकारीका अध्यक्ष गौतम सम्पर्कमा आउनुभएको छैन ।
'उनका अनुसार चेक बाउन्स गरी कानुनी प्रक्रियामा जाने तयारी भएको छ । सहकारीका अध्यक्ष गौतमले पुनम देविको नाममा २०८० बैशाख २५ गते २१ लाखको चेक र २०७९ साल माघ ११ गते ६० लाखको चेक दिएका थिए ।



