नेपाललाई मिल्यो पहिलो सफलता, करणले लिए पहिलो विकेट

काठमाडौं । नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरका कप्तान अरित्र दत्तको विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले सुरुवाती दुई बलमा कुनै रन नजोड्दा एक विकेट गुमाएको छ । तीव्र गतिका बलर करणल…

नेपाललाई मिल्यो पहिलो सफलता, करणले लिए पहिलो विकेट
काठमाडौं । नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरका कप्तान अरित्र दत्तको विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले सुरुवाती दुई बलमा कुनै रन नजोड्दा एक विकेट गुमाएको छ । तीव्र गतिका बलर करणले दोस्रो बलमै अरित्रलाई बोल्ड आउट गरेका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । नेपालका सन्दीप लामिछाने टोलीमा फर्किदा ललित बेन्चमा छन् ।