इजरायल आक्रमणमा मारिएका मध्ये थप तीन नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौं । इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो । दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ । दूतावासले ज्यान गु…

इजरायल आक्रमणमा मारिएका मध्ये थप तीन नेपाली विद्यार्थीको शव पहिचान
काठमाडौं । इजरायल आक्रमणका क्रममा मारिएकामध्ये थप तीन नेपाली विद्यार्थीको शवको पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक पदमबहादुर थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो । दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ । दूतावासले ज्यान गुमाएका १० जनामध्ये अहिलेसम्म ८ जनाको शव पहिचान भएको जनाएको छ । बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ । दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी राखिएको जनाएको छ । आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमै उपचाररत छन् ।