दशैं सकिएलगत्तै भारतीले शुरु गरिन् अनसन

काठमाडौं । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरू गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरू गरेकी हुन् । श्रीमान चेतन मा…

दशैं सकिएलगत्तै भारतीले शुरु गरिन् अनसन
काठमाडौं । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरू गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरू गरेकी हुन् । श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् । भारतीले आजबाट माईतीघर मण्डलामा पुनः रिले अनसन सुरू गरेकी हुन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।