अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको लक्ष्य, म्याक्सवेलको कीर्तिमानी शतक

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ४०० रनको लक्ष्य दिएको छ।

अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको लक्ष्य, म्याक्सवेलको कीर्तिमानी शतक
काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ४०० रनको लक्ष्य दिएको छ। भारतको दिल्लीमा जारी खेलमा अष्ट्रेलियाले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ३९९ रन बनाएको हो। अष्ट्रेलियाको लागि डेविड वार्नर र ग्लेन म्याक्सवेलले शतकीय पारी खेले। वार्नरले ९३ बलमा १०४ रन बनाए। उनले ११ चौका र ३ छक्का प्रहार गरे। विष्फोटक ब्याटिङ गरेका म्याक्सवेलले ४४ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०६ रन बनाए। नेदरल्यान्ड्सको लागि भने लोगान भ्यान बेकले ४ विकेट लिए।