काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा नगबेली बाटोरसडक थिमुमा पठाओको पहिलो अङ्ग्रेजी अक्षर पि लेखिएको छ ।
पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरूलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।
झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भई नयाँ लोगो सार्वजनिक भएको हो । नेपालमा ५ वर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरू प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् ।
केही समय अगाडि काठमाडौं उपत्यकामा सुरु भएको पठाओ पार्सलुलाई देशव्यापी बनाउने र डिजिटल वालेट ुपठाओ पेु समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् । पठाओको नयाँ लोगो विश्वव्यापी रूपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ ।
पठाओको लोगो परिवर्तन, यस्तो छ कारण
राइड सेयरिङ कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा नगबेली बाटोरसडक थिमुमा पठाओको पहिलो अङ्ग्रेजी अक्षर पि लेखिएको छ ।

