डेंगी संक्रमितको संख्या ४१ हजार ५५३ पुग्यो

नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् ।

डेंगी संक्रमितको संख्या ४१ हजार ५५३ पुग्यो
काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् । अक्टोबरका १९ दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।