काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपिओ आज कात्तिक ३ गते शुक्रवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज बिहान ९ः३० बजे आइपिओ बाँडफाँड गरिने भएको हो ।
कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा १०.८० गुणा बढी आवेदन हो ।
यस अनुसार १ लाख २८ हजार ४२० जनाले १० /१० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीको आईपीओमा ११ लाख २० हजार ६८७ जनाको हात खाली हुने भएको छ । कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपिओ जारी गरेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
आज माथिल्लो मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदै
माथिल्लो मैलुङ खोलाको आइपिओ आज कात्तिक ३ गते शुक्रवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज बिहान ९ः३० बजे आइपिओ बाँडफाँड गरिने भएको हो ।

