बैंकहरूले आजदेखि लागू हुनेगरी ब्याजदर घटाए, कसको कति ?

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर स्थिर छ ।

बैंकहरूले आजदेखि लागू हुनेगरी ब्याजदर घटाए, कसको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरि ब्याजदर संशोधन गरेका छन् । अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् । वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर स्थिर छ । सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । बैंकले असोजमा भन्दा कात्तिकमा १.८३ प्रतिशत विन्दुले ब्याज घटाएको हो । त्यस्तै प्राइम कमर्सियल बैंकले १.११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन् । साउनमा कर्जाको माग ठप्प भए पनि भदौ लागेपछि केही बढेको छ । भदौ र असोजमा करिब १ खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । तर, यो अवधिमा वित्तीय प्रणालीमा २ खर्ब ७३ अर्ब थपिएको छ । त्यसमध्ये करिब ६० अर्ब रकम स्थानीय तहको हो । अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशतभन्दा तल छ । कसले कति घटाए ? बैंक    २०८० असोज २०८० कात्तिक हिमालयन बैंक ११.०५४ ११.००३ एनआईसी एशिया बैंक १०.८९६ ११.००३ एनएमबि बैक ९.९९ ११.००३ नेपाल एसविआई बैंक १० १०.७ प्राइम कमर्सियल बैंक ११.३५८ १०.२५ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ११.०३ १०.०१ कुमारी बैंक १०.११ १०.०१ नबिल बैंक ११.०५४ १० ग्लोबल आईएमई बैंक १०.५ १० लक्ष्मी सन्राइज बैक १० १० माछापुच्छ्रे बैंक ९.९९ ९.९९ सिद्धार्थ बैंक ९.९९ ९.९९ सिटिजन्स बैंक १०.०५ ९.९५ कृषि विकास बैंक १०.०११९ ९.७६१९ राष्ट्रिय वाणिज्य बैंक ९.५ ९.५ एभरेष्ट बैंक ११.०५४ ९.२२४ नेपाल बैंक ९.२९३ ९.२२४ प्रभु बैंक १० ९.२२४ सानिमा ९.९५ ९.२२४ स्ट्यान्डर्ड चार्टर्ड बैंक ९.२९ ९.२२