यी प्रदेशमा वर्षाको सम्भावना

मंगलबार बिहान गण्डकी, बागमती र मधेश प्रदेशका केही भूभागमा मेघ गर्जनरचटयाङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ।

यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । देशभरबाट मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जसका कारण देशका विभिन्न भूभागमा बदली तथा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार बिहान गण्डकी, बागमती र मधेश प्रदेशका केही भूभागमा मेघ गर्जनरचटयाङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जानकारी दिएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र तराईका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्यासहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षा तथा हिमपातका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।