अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो। यस्तै, युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज युरो एकको खरिदमा आज १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ २८ पैसा घटेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६२ रूपैयाँ ५५ पैसा तोकिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८३ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५९ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १८ पैसा तोकिएको छ।