एकैदिन २९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

एकैदिन २९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुन चाँदीको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।