मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना

नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना

फाइल तस्बिर

काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। प्राधिकरणका सूचना अधिकारी गनेन्द्र भुलले भने, ‘दुर्घटना नै त नभनौँ, माथि लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो।’ उनका अनुसार सो हेलिकप्टर बिरामीको उद्धार गर्न गएको थियो।