कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि भोलि २ बजेसम्मको समय

मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्की दुवैले ४७/ ४७ सांसदको हस्ताक्षेर पेस गरेकाले नियुक्तिको निर्णयका लागि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्ने निर्णय लिएका हुन्।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि भोलि २ बजेसम्मको समय
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्तिका लागि सांसदहरुको सनाखत गरिने भएको छ। मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्की दुवैले ४७/ ४७ सांसदको हस्ताक्षेर पेस गरेकाले नियुक्तिको निर्णयका लागि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्ने निर्णय लिएका हुन्। सनाखतका लागि शनिबार बिहान ८ बजेदेखि अपराह्नन २ बजेसम्मको समय तोकिएको छ। प्रदेश सभाका सदस्यहरुलाई त्यो समयभित्र प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुन भनिएको छ। एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका कार्की आफ्नो पक्षमा हस्ताक्षर गर्ने सांसदहरुसहित शुक्रबार अपराह्‍न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। कार्की आफूलाई नियुक्त गरिनुपर्ने भन्दै एमालेका प्रमुख सचेतक हिक्मत कार्कीसहित खापुङलाई भेट्न पुगेका थिए। तर खापुङले हस्ताक्षर सनाखत नगरी आफू निर्णयमा पुग्न नसक्ने जवाफ दिएका थिए।