वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैं अभियानको पहिलो लक्की ड्रको नतिजा सार्वजनिक

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा जारी गरेको दसैंमा दश गुणा अभियानको पहिलो लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ।

वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैं अभियानको पहिलो लक्की ड्रको नतिजा सार्वजनिक
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा जारी गरेको दसैंमा दश गुणा अभियानको पहिलो लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ। योजनाको पहिलो हप्तामा वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरूमध्ये ८ जनाले २५ हजार रुपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन्। यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ भन्दा बढी भुक्तानी काउन्टरहरूमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ। अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्र को लागि समावेश हुनेछन्। यो योजना नेपालभर असोज ८ गतेदेखि सुरू भइ मंसिर १० गतेसम्म लागू हुनेछ। यस योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार रुपैयाँभन्दा कम कारोबारमा निश्चित पुरस्कार रु पाँच लाख प्राप्त गर्नेछन्। यदी विजेताको कारोबार रकम १ लाख रुपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।