एमालेको सहयोगमा कांग्रेसका केदार कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेश

कार्कीले कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कार्कीअघि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका इन्द्र आङ्बोले दाबी पेश गरेका थिए ।

एमालेको सहयोगमा कांग्रेसका केदार कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेश
काठमाडौं । नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले)को सहयोगमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कार्कीले कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कार्कीअघि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका इन्द्र आङ्बोले दाबी पेश गरेका थिए । सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्दा कांग्रेसका सबै २९ सांसदको हस्ताक्षर छ । तर कांग्रेसकै डा शेखर कोइराला पक्षका ८ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । एउटै दलका सांसदको हस्ताक्षर दुवैतर्फको उम्मेदवारीमा प्रयोग भएको छ । यस्तोमा अब प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने संकट देखिएको छ ।