अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, नत्र कारबाही

अब घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य भएको छ । लाइसेन्स नलिइ घरजग्गाको कारोबार गरे कारबाही हुनेछ ।

अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, नत्र कारबाही
काठमाडौं । अब घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य भएको छ । लाइसेन्स नलिइ घरजग्गाको कारोबार गरे कारबाही हुनेछ । मालपोत ऐन २०३४ संशोधनमार्फत घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य गर्न लागिएको हो । उक्त व्यवस्था भएको केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ । उक्त विधेयकमा अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था थपिएको छ ।