सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का

भारतको सिक्किममा आएको बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएको छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएको दिन असोज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का
इलाम । भारतको सिक्किममा आएको बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएको छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएको दिन असोज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् । उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खोजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । पोखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएको बताएका छन । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएको र उनीहरुको खोजीका लागि समस्या भएको उनले बताए । उनले बेपत्ताहरुको खोजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिए ।