निसीखाेला । बागलुङको निसीखोला गाउँपालिका–५ ज्ञानेन्द्र माविकी प्रअ अमृता बुढा मगरले आफूलाई मध्यराति जबरजस्ती राजीनामा गर्न दबाब दिएको बताएकी छन् ।
सोमबार राति ९ः३० बजे न्यूख खरीसँग कुराकानी गर्दै उनले मध्यराति गाउँका केही स्थानीयले विद्यालयको कोठामा थुनेर आफूलाई जबरजस्ती प्रअबाट राजीनामा दिन दबाब दिएको बताएकी हुन् ।
‘अहिले रातिको ९ः३० बजेको छ, केही राजनीतिक दलबाट परिचालित व्यक्तिले विद्यालयको प्रअबाट राजीनामा नदिएसम्म जान दिँदैनौं भनेपछि असुरक्षित महसुस भयो’ उनले भनिन् । आफूलाई राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।
‘आज प्रअ पदबाट राजीनामा दिनेमा हस्ताक्षर नगरेसम्म जान दिँदैनौं भनेर केही राजनीतिक दलका व्यक्तिहरुले जबरजस्ती गर्न थालेपछि पुलिस साथीहरुको रोबहरमा उठेर हिँडेको हु’ उनले भनिन् ।
‘विद्यालयका शिक्षकबाट पैसा लिएको विषय उठाएर मेरो चरित्र हत्या गरिएको छ,’ उनले भनिन् – ‘मैले शिक्षक नियुक्ति गर्दा विषय विज्ञ र परीक्षासञ्चालन बापत रकम लिएर उनीहरुलाई नै बुझाएको हुँ ।’
यता प्रअको राजीनामा माग्दै विद्यालयमा रहेका रविन मगरले आफूहरुले राजीनामाको लागि दबाब नदिएको बताएका छन् ।
मध्यराति विद्यालयमा भएका युवाहरुले प्रअले राजीनामा नदिए विद्यालयमा ताल्चा र भौतिक संरचना तोड्फोड हुने चेतावनी दिएपछि प्रहरी विद्यालयमा पुगेका थिए ।
ज्ञानेन्द्र माविकी प्रअ भन्छिन्- मध्यराति काेठामा थुनेर जबरजस्ती राजीनामा दिन लगाइयाे
‘आज प्रअ पदबाट राजीनामा दिनेमा हस्ताक्षर नगरेसम्म जान दिँदैनौं भनेर केही राजनीतिक दलका व्यक्तिहरुले जबरजस्ती गर्न थालेपछि पुलिस साथीहरुको रोबहरमा उठेर हिँडेको हु’ उनले भनिन् ।

