इजरायल घटना : ज्यान गुमाएका आफन्तलाई जनही १० लाख राहत दिने सरकारको निर्णय

इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले मंगलबार बिदा दिएको छ ।

इजरायल घटना : ज्यान गुमाएका आफन्तलाई जनही १० लाख राहत दिने सरकारको निर्णय
काठमाडौं । इजरायल घटनामा ज्यान गुमाएका नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताए ।