कुमारी बैंकको 'टिका अघि नै दक्षिणा' योजना सार्वजनिक

कुमारी बैंकले दसैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित टिका अघि नै दक्षिणाु योजना सार्वजनिक गरेको छ।

कुमारी बैंकको 'टिका अघि नै दक्षिणा' योजना सार्वजनिक
काठमाडौं । कुमारी बैंकले दसैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित टिका अघि नै दक्षिणाु योजना सार्वजनिक गरेको छ। यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत् भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइनेछ। क्यास ब्याक रकम पिओएस, क्युआर पेमेन्ट र अनलाइन पेमेन्टबाट गरने कारोबारमा प्रदान गरिने बैंकको भनाइ छ। यो योजना २८ असोजदेखि ५ कात्तिकसम्म लागु हुनेछ। बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ इकाइहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ।