हुम्लामा जिप दुर्घटना, वडाध्यक्षसहित ९ जना घाइते

आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहे तर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए।

हुम्लामा जिप दुर्घटना, वडाध्यक्षसहित ९ जना घाइते
काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना वडाध्यक्षसहित नौं जना घाइते भएका छन्। आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहे तर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए। दुर्घटनामा सिमकोट–२ का वडाध्यक्ष देवजंग बोहरा, सिमकोट ३ का वडाध्यक्ष पामा लामासमेत घाइते भएका छन्। दुर्घटनामा वडाध्यक्ष लामाको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अर्का वडाध्यक्ष बोहराको अवस्था भने सामान्य छ। दुर्घटनामा सिमकोट ३ का ध्रुव शाही, मालती भण्डारी, योजना ऐडी, मुटुव लामा, बाँसबहादुर भण्डारी, बालक सन्देश भण्डारी र गाडी चालक बालकृष्ण रावत घाइते भएका छन्।