हाजिरी गराउन साढे १४ हजार घुस, प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बर्दिया राजापुर नगरपालिका-७ स्थित सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

हाजिरी गराउन साढे १४ हजार घुस, प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । बर्दिया राजापुर नगरपालिका -७ स्थित सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियर दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक उपाध्यायविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप(पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रवक्ता दाहालका अनुसार उनीविरुद्ध हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि घुस मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा छानबिन हुँदा प्रधानाध्यापक उपाध्यायले जागिरमा बहाल गराउनका लागि सेवाग्राहीसँग १४ हजार ५०० रुपैयाँ घुस रकम लिएको पुष्टि हुन आएको अख्तिायरको ठहर छ। उपाध्यायलाई सोही रकम बराबरको विगोमागसहित कैद सजाय माग गरिएको आरोप(पत्रमा उल्लेख छ। अख्तियारको टोलीले उनलाई घुस रकमसहित गत भदौ २६ गते नियन्त्रणमा लिएको थियो।