काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा आज विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नको शिक्षामन्त्रीले जवाफ दिने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
विधेयकमाथि शुक्रबार सैद्धान्तिक छलफल भएको थियो। सांसदले सरोकारवालाको चासो र अहिलेका आवश्यकतालाई ध्यानमा राखेर विधेयक संशोधन गर्नुपर्ने सुझाब दिएका थिए।
यस्तै आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
शिक्षा विधेयकमाथि उठेका प्रश्नको आज शिक्षामन्त्रीले जवाफ दिने
दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

