८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ, श्रीमतीले फसाएको दाबी

काठमाडौंको जोरपाटीमा ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ, श्रीमतीले फसाएको दाबी
काठमाडौं । काठमाडौंको जोरपाटीमा ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । २०७९ माघ ८ गते छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्‌विरुद्ध श्रीमती ९आमा० ले जाहेरी दिएकी थिइन् । जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक वर्ष पुरानो घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । ल्होसारका दिन आमा बाहिर गएको र दिदी अर्कै कोठामा रहेको मौकामा बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । श्रीमान्(श्रीमती गलैँचा कारखानामा काम गर्दै आएका थिए । पक्राउ परेका बाबुले आफूलाई श्रीमतीले फसाएको र छोरीमाथि कहिल्यै त्यसो नगरेको दाबी गरेका छन् । समय(समयमा घरायसी विवाद हुँदा श्रीमतीले आफूलाई फसाउने गरेको उनको बयान छ । भदौ १४ गते छोराको जन्मदिन मनाएर त्यसमा संकलन भएको पैसा लिएर आफू ललितपुरको चापागाउँमा गलैँचा कारखानामा काम गरेर बसेको र भदौ २३ गते कोठामा फर्कँदा श्रीमतीले प्रहरी लगाएर पक्राउ गरेको उनले बयानका क्रममा उल्लेख गरेका छन् । उनीविरुद्ध १६ देखि २० वर्षसम्मकै कैद सजाय माग गरिएको छ । हाडनातामा भएको बलात्कारमा थप ३ देखि ६ वर्ष कैद पनि मागदाबी लिइएको छ ।