पाल्पा । एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।
पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित भएका छन् । भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढिरहेका छन् भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यस पटक प्रदेशसभा सदस्यमा जित हासिल गरेका छन् ।
राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बनेका हुन् । प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गरेका छन्। भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा समेत रहेर काम गरे । नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी बनेका हुन् । प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाएका छन् । स्व पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजप्रसाद कान्छो सन्तान हुन् ।
एकै घरका दाजुभाइ एउटै प्रदेशसभामा निर्वाचित
एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

