काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।
देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो ।
धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले भने, ‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने छ । अहिलेसम्म शव भेटिएको छैन । अहिले नदीमा भेलबाढी पनि आइरहेको छ । गोताखेर प्रयोग गरेर शव खोजी भइरहेको छ । आत्महत्या गर्नेका बुबा आउनुभएको थियो । हामीले सुसाइट नोट भए प्रहरीलाई दिनुस् भनेका छौं ।’
प्रत्यक्षदर्शीहरुसँग बुझ्दा देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या गरेको बुझिएको मिश्रले बताए ।
देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए । देवकोटाको घर हेटौंडा उपमहानगरपालिका २ चौकीटोल हो ।
त्रिशूलीमा हाम फालेका नेपाल इन्भेस्मेन्ट मेगा बैंकका शाखा प्रमुख निराजन देवकोटाकाे शव अझै भेटिएन
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।

