काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ ।
बिहीबार प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुने आँकलन गरिएको छ । राति प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
कस्तो रहला आजको मौसम
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ ।

