पहिरोले पाल्पामा यात्रुबाहक जिप पुरियो, सिदार्थ राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी जाँदै छ । लु ३ च ५३४२ नम्बरको भ्यान पहिरोमा परेको हो ।

पहिरोले पाल्पामा यात्रुबाहक जिप पुरियो, सिदार्थ राजमार्ग अवरुद्ध
पाल्पा । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाऊ गाउँपालिका ५ कालीमाटीमा यात्रुबाहक जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी जाँदै छ । लु ३ च ५३४२ नम्बरको भ्यान पहिरोमा परेको हो । ‘अहिले सिद्धार्थ राजमार्ग अबरुद्ध छ । घटनास्थलमा प्रहरी पुग्दैछ । पुरिएका जीपबाट मानिसहरू निस्किएका छन्’ डीएसपी श्रेष्ठले भने ।