काठमाडौं उपत्यकासहितका जिल्लामा भूकम्पको धक्का महसुस

काठमाडौं, पोखरा, नेपालगञ्ज डोटी, डडेल्धुरा, बाजुरा बझाङलगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यकासहितका जिल्लामा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं उपत्यकासहित देशको पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं, पोखरा, नेपालगञ्ज डोटी, डडेल्धुरा, बाजुरा बझाङलगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् ।