नेपालले भारतविरुद्ध सय रन पूरा

काठमाडौं । नेपालले भारतविरुद्ध सय रन पुरा गरेको छ । १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार नेपालले क्वार्टरफाइनलको खेलमा १३।१ ओभरमा सय रन बटुलेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शिव डुवेविरुद्ध लगातार तीन छक्का प्रहार गर्दैै सय रन पार गराए । नेपालले १४.१ ओभरमा पाँच व…

नेपालले भारतविरुद्ध सय रन पूरा
काठमाडौं । नेपालले भारतविरुद्ध सय रन पुरा गरेको छ । १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार नेपालले क्वार्टरफाइनलको खेलमा १३।१ ओभरमा सय रन बटुलेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शिव डुवेविरुद्ध लगातार तीन छक्का प्रहार गर्दैै सय रन पार गराए । नेपालले १४.१ ओभरमा पाँच विकेट गुमाएर एक सय २२ रन बनाएको छ । यस अघि नेपालले दुवै ओपनर ८.५ ओभर भित्र गुमाएको थियो । दुई सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ८.५ भित्र कुशल भर्तुेल र आसिफ सेखलाई गुमाएको हो । भुर्तेलले ३२ बलमा एक छक्का र चार चौका प्रहा रगरी २८ रन बनाए । आसिफले ६ बलाम समान एक चौका र छक्का प्रहार गरी १० रन जोडे । कुशल मल्लले १५ बलमा दुई चौका र एक छक्काको सहयोगमा १९ रनमा खेलिरहेका छन् । नेपाललाई ६४ बलमा १३३ रन आवश्यक छ । आसिफ ३.४ ओभरमा र भुर्तेल ८.५ ओभरमा आउट भएका थिए । नेपालका कप्तान रोहित कुमार पौडेल पाँच बलमा तीन रन तथा कुशल मल्लले २२ बलमा २९ रन बनाए । उनले समान दुई चौका र छक्का प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्का ३२ रन बनाए । सन्दीप जोराले ६ बलमा १२ रन बनाइ खेलिरहेका छन् ।