नेपालले गुमायो तेस्रो विकेट

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले गुमायो तेस्रो विकेट
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनी २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २९ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । १०.३ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले अर्सदिप सिंहद्वारा क्याच गराएका थिए ।