काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध जितका लागि नेपालले २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको हो।
भारतका शिवम् दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुबेले १९ बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे।
ओपनरद्वय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९।५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए।
नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।
विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका थिए।
भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको हो।

