गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलमा भेटियो पेस्तोल

उनका अनुसार चक्कु प्रहार भएको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट एक थान पेस्तोल बरामद गरिएको डीएसपी थेबेले बताए ।

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलमा भेटियो पेस्तोल
काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।  सोमबार बिहान गौशालामा साजन हुसेनमाथि चक्कु प्रहार भएको हो । पिके डायग्नोस्टिक सेन्टर सञ्चालन गर्ने हुसेनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको गौशाला प्रहरी वृत्त प्रमुख डीएसपी केशव थेबेले जानकारी दिए । उनका अनुसार चक्कु प्रहार भएको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट एक थान पेस्तोल बरामद गरिएको डीएसपी थेबेले बताए । चक्कु प्रहारबाट घाइते भएका सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।