दाङ । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका ४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना हो ।
जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लका अनुसार १६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्।
घाइतेहरुको लमहीमा उपचार भइरहेको छ । बसमा सवार अन्य दुइ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।
पोखरादेखि सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लका अनुसार १६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्।