दोलखामा थप ४ किलो सुन बरामद

दोलखामा प्रहरीले तस्करीको थप ४ किलो सुन बरामद गरेको छ। आइतबार जिल्लाको बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद गरिएको दोलखा प्रहरीले जानकारी दियो।

दोलखामा थप ४ किलो सुन बरामद
काठमाडौं । दोलखामा प्रहरीले तस्करीको थप ४ किलो सुन बरामद गरेको छ। आइतबार जिल्लाको बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद गरिएको दोलखा प्रहरीले जानकारी दियो। चीनसँगको फलेक नाकाबाट तस्कर गरि ल्याइएको ७ किलो सुन प्रहरीले केही दिन अघि बरामद गरेको थियो। योसँगै अहिलेसम्म प्रहरीले तस्करको ११ किलोग्राम सुन बरामद गरिसकेको छ। प्रहरीका अनुसार सँधै बन्द रहने दोलखाको चीनसँगको फलेक नाकाबाट तस्करले लुकिछिपि सुन भित्र्याएको हो।