अनमोल केसीलाई अदालत लगियो

पक्राउ परेपछि हिरासतमा बस्न नमानेका केसी महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका थिए। केसीले प्रहरीसँग आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका छन्।

अनमोल केसीलाई अदालत लगियो
काठमाडौं । ‘आपराधिक विश्वासघात’ को आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी जिल्ला प्रहरी परिसर टेकुबाट अदालत लगिएको छ । शुक्रबार साँझ काभ्रेपलाञ्चोकबाट पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । पक्राउ परेपछि हिरासतमा बस्न नमानेका केसी महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका थिए। केसीले प्रहरीसँग आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका छन्। तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका छन्। ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो।