काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरी सम्बन्धमा अनियमितता पाइएपछि कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको छ । उनीहरुले १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
पशुपति जलहरी प्रकरण: कोषका सदस्य सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।