पर्वत जिप दुर्घटना अपडेट : बाढीमा बेपत्ता एक जनाको शव भेटियो*

बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८को सिमामा पर्ने तमादीखोलाले बगाउँदा जिपसहित तीन जना यात्रु बेपत्ता भएका थिए।

पर्वत जिप दुर्घटना अपडेट : बाढीमा बेपत्ता एक जनाको शव भेटियो*
बागलुङ । पर्वत कुश्मा नगरपालिकास्थित तमादीखोलाले जिप बगाउँदा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव भेटिएको छ । बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८को सिमामा पर्ने तमादीखोलाले बगाउँदा जिपसहित तीन जना यात्रु बेपत्ता भएका थिए। ती मध्ये एक जनाको शव  भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार घटनास्थलदेखि करिब ३ सय मिटर तल शव भेटिएको छ । जिपमा  रुपन्देही घर भएका गोपाल बस्याल र कास्की घर भएका विजय पौडेल चढेका थिए ।