जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । उनले यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् ।
महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।
महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।
यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए ।
धनुषा ४ मा पुन: एमालेका रघुवीर महासेठ विजयी
धनुषा क्षेत्र नं. ४ मा कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।

