प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : चन्द्र ढकाल

प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनाका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए।

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : चन्द्र ढकाल
बेइजिङ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनाका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए। भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सीसीपीआईटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो। उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।