सरूवा भएको साता दिनभित्र स्थानीय तहमा हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिन भित्र रमाना लिई स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।

सरूवा भएको साता दिनभित्र स्थानीय तहमा हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिन भित्र रमाना लिई स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानून बमोजिम सरुवारपदस्थापन कामकाज काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण मन्त्रालयले उक्त निर्देशन दिएको हो । प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा हाजिर नहुँदा सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको हुँदा तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ दिनभित्र यस मन्त्रालयमा जानकारी गराउन असोज १२ गते मन्त्रीस्तरीय निर्णय भएको परिपत्रमा उल्लेख छ ।