काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ। बुधबार दिउँसो १ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी अपराह्न सवा ३ बजेदेखि सुरू भएको हो।
अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सुर्खेत आएका छन्। उनीहरुले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको अधिवेशनमा ५ हजार बढी नेता तथा कार्यकर्ता सहभागी प्रदेश कमिटीले जनाएको छ। अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट गी ६०४ जना अधिवेशन प्रतिनिधिले भाग लिनेछन्।
प्रतिनिधिमध्ये १९५ जना महिला छन् भने समावेशी रुपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।
एमाले कर्णाली अधिवेशन सुरू
नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ। बुधबार दिउँसो १ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी अपराह्न सवा ३ बजेदेखि सुरू भएको हो।

