ओखलढुंगा । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।
एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् ।
धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।
जागिरकाे प्रलोभन देखाइ महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ
एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।