बागलुङको निसीखोला गाउँपालिकाको अध्यक्षमा अञ्चल शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कलाकारीता क्षेत्रमा नाम कमाउँदै गरेका शाहीले गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गणतन्त्रपछि गाउँगाउँमा सिंहदरबार आएपनि स्थानीय तहमा माैलाउँदै गरेकाे भ्रष्टाचारलाई रोक्न आफूले उम्मेदवारी दिएकाे बताएका छन् । स्थानीय रुपमा उब्जन र उत्पादित बीउ विजन संरक्षण, भन्डारण र वितरणसहितको अनुसन्धान केन्द्र स्थापना गरी स्थानीय रुपमा पाइने जडिबुटी, आयुर्वेद तथा वैद्यहरुको अध्ययन, अनुसन्धान र प्रशोधनको शुरुवात गर्ने उनको भनाइ छ ।
यी हुन् उनले गरेका १३ प्रतिबद्धता
–ग्रामीण र क्षेत्रगत अन्न भण्डारण, समतामूलक विनिमय र वितरणको नीति तथा कार्ययोजना अघि बढाउने
–स्थानीय रुपमा उब्जनी हुने तरकारी, बीउ विजन संरक्षण,भन्डारण एवम् वितरणसहितको अनुसन्धान केन्द्रको स्थापना
–स्थानीय रुपमा पाइने जडिबुटी तथा आयुर्वेद वैद्यहरुको अध्ययन, अनुसन्धान र प्रशोधनको सुरुवात गर्ने
–खेतीयोग्य तथा कृषिजन्य क्षेत्रको पहिचान तथा अनुसन्धान र वैज्ञानिक प्रयोजनको आधार निर्माण गर्ने
–पशुपालन क्षेत्र तथा गौचर क्षेत्रको आधुनिक वर्गीकरण गर्ने
–स्थानीय जनताको सीप, क्षमता र सामार्थ्य अनुसारको रोजागारीको सृजना गर्ने
–स्थानीय भाषा तथा कलाको खोज अनुसन्धान तथा संरक्षणमा अध्ययन, अध्यापनको व्यवस्था गर्ने
–क्षेत्रगत ऐतिहासिक महत्त्वका आयामहरुमा थप जोड दिँदै खोज अनुसन्धान, सम्बर्द्धन र उत्खनन गर्ने
–समुदायका वर्तमानमा रहेका विभेद् र असमानतालाई अंशियार र वंशियारको नीति अनुसार समाधानमा जोड दिने
–सीप कला, नैतिकता, अनुशासन, सदाचार, कर्तव्यबोध र आत्मगौरव वृद्धिका लागि पाठ्यक्रम निर्माण र अध्यापनको व्यवस्था गर्ने
– अव्यवस्थित जग्गा प्लटिङ र खरिदबिक्री साथै विकासका नाममा गरिने अनुसन्धानरहित प्रकृति विरोधी कार्यक्रम र योजनामा विषेश सतर्कता र मापदण्डको प्रारम्भ गर्ने
–बाँझो जग्गा छोड्ने, रासायनिक मल प्रयोग गर्ने पद्धतिमा ह्रास ल्यार्इ प्राङ्गारिक मल प्रयोग र किसानलाई सहुलियतपूर्ण कार्यक्रमको तर्जुमा गरिने।
–गाउँपालिकामा भएका अनियमितताको उजार गर्दै कानुनी उपचार खोज्ने
निसीखोला गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीका १३ प्रतिबद्धता
बागलुङको निसीखोला गाउँपालिकाको अध्यक्षमा अञ्चल शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कलाकारीता क्षेत्रमा नाम कमाउँदै गरेका शाहीले गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गणतन्त्रपछि गाउँगाउँमा सिंहदरबार आएपनि स्थानीय तहमा माैलाउँदै गरेकाे भ्रष्टाचारलाई रोक्न…

