२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो ।

२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
बझाङ । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।