७ बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।

७ बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए
काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकले भने असहमति जनाएका छन् । उनीहरू सहमतिपत्रमा हस्ताक्षर नगरी वार्ताबाट बाहिरिएका छन् । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् । 'माइतीघर मन्डलामा भोलि भेला हुने । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रने । शिक्षक महासंघबाट राजीनामा दिने,' राहत शिक्षकका महासचिव कुमार बजगाईले भने ।