काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको जानकारी दिइन् ।
‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ।’
विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।
आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति
शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।

