सिंहदरबार छिरेर नाराबाजी गर्ने १७ जना विद्यार्थी पक्राउ

प्रदर्शन गर्न निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनीहरुलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

सिंहदरबार छिरेर नाराबाजी गर्ने १७ जना विद्यार्थी पक्राउ
काठमाडौं । शिक्षक आन्दोलनको समर्थनमा सिंहदरबारभित्र छिरेर नाराबाजी गर्ने मोहन वैद्य समूहका विद्यार्थी संगठनका १७ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो दक्षिणढोकाबाट प्रवेश गरेर सिंहरदरबारभित्रै प्रदर्शन गर्न लागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रमा लिइएको हो । प्रदर्शन गर्न निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनीहरुलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको शिक्षासम्बन्धी विधयेकमा असन्तुष्ट जनाउँदै शिक्षकहरु बुधबारदेखि आन्दोलनमा छन् ।